काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।
उक्त कार्यक्रमहरू कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (विराटनगर) र दमक, मधेश प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहपुर, जनकपुर, हरिवन र सिमरा, बागमती प्रदेशको दरबारमार्ग, न्युरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौँडा, गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।
त्यसैगरी, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढी, शिवनाथ, अत्तरिया, गन्यापधुरा र महेन्द्रनगरलगायतका स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । सबै स्थानमा सञ्चालित कार्यक्रममा गरी पन्ध्र सयभन्दा बढी बालबालिका तथा विद्यार्थीको सहभागिता रहेको बैंकले जनाएको छ ।