२०८१ चैत १४ गते बिहिवार / Mar 27 , 2025 , Thursday
२०८१ चैत १४ गते बिहिवार
Ads

कृषि अनुदान पारदर्शी हुने

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १३:४७
कृषि अनुदान पारदर्शी हुने

काठमाडौंः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले  हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताए । 

विगतका पाँच वर्षमा रु एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधैँ मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राखे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise