२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

छलगाड र भेरी नदीको दोभानमा फस्यो बस, ३४ यात्रुको सकुशल उद्धार

ADV
पुर्ण कुमार
२०८१ असार १८ गते २१:२९
छलगाड र भेरी नदीको दोभानमा फस्यो बस, ३४ यात्रुको सकुशल उद्धार

डोल्पा : हिमाली जिल्ला डोल्पाको छलगाड खोलामा आएको बाढीमा रात्रिकालीन बस फसेको छ । मंगलबार दिउँसो सदरमुकाम दुनैदेखि नेपालगञ्जतर्फ जाँदै गरेको  ना ५ ख १७५८ नं को बस त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटस्थित छलगाड खोलामा एक्कासी आएको बाढीमा फसेको हो ।   

खोलामा बस गुड्दै गर्दा एक्कासी खोलाको बहाव बढेपछि गाडी फसेको थियो । फसेको केही क्षणमा सानो डोजर लगाई केही छेउसम्म पुर्‍याउने काम गरिएता पनि केही छिनपछि खोलाले तीब्र गति लिएसँगै उद्धारमा समस्या भएको थियो । 

बसमा सवार ३४ जनालाई भने त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रमेश बहादुर सिंहसहितको टोली, डोल्पा फोक्सुण्डो यातायात समितिका पदाधिकारीहरु र स्थानीयको सहयोगमा समयमै उद्धार गरिएको थियो । 

खोलाको बहाव बढी रहेकै कारण बसमा भएको क्षति विवरण भने आउन सकेको छैन । यद्यपि बसको डिकीमा एउटा खसी रहेको बताइएको छ, भने बसको छतमा राखिएको सामान र बसभित्र राखिएको ३ बोरा दाल र आलु समेत क्षति भएको हुन सक्ने प्रहरी नायब निरीक्षक सिंहले बताए ।  

सिंहका अनुसार खोलाको बहाव कम भएपछि स्थानीय सरकारसँग समन्वय गरेर बसलाई बुधबार बिहानसम्म उद्धार गरिने छ । रात परेको कारण मंगलबार उद्धारमा समस्या भएको उनको भनाइ छ । 

भेरी करिडोर सडकखण्ड अन्तर्गत पर्ने उक्त ठाउँमा समयमै पक्की पुल निर्माण नहुँदा दैनिक नागरिकले सास्ती खेप्नु परेको छ । यहाँ मात्रै होइन अहिले भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड ११८ किलोमिटरभित्र पर्ने खोलामा पक्की पुल निर्माणमा कसैले चासो नदिँदा नागरिकले सास्ती खेपिरहेका छन् । 

सडकखण्ड अन्तर्गत पर्ने धेरैजसो खोलाहरुमा पक्की पुल निर्माणको लागि केही निर्माण कम्पनीले ठेक्का समेत पाइसकेका छन् । यसरी ठेक्का पाएको वर्षौ बितिसक्दा समेत निर्माण कम्पनीले काम शुरु नगर्दा बर्खाको समयमा डोल्पाका नागरिकले दैनिकी सास्ती खेप्नु परेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise