२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको मञ्च हावाहुरीले भत्कायो

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते १५:१७
जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको मञ्च हावाहुरीले भत्कायो

जनकपुर : जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काइदिएको छ । 

सोमबार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो ।

वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा मञ्चमा हावाहुरीले क्षति पुगेको हो ।

हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ । हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise