२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

वाडा अटो शोमा बीवाईडी ईभीमा विशेष अफर

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते २०:४२
वाडा अटो शोमा बीवाईडी ईभीमा विशेष अफर

काठमाडौं : बीवाईडी नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखराको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएर आगामी फागुन १७ सम्म चल्ने अटो शोमा बीवाईडीले सहभागिता जनाएको हो ।

अटो शोमा बीवाईडीले डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ । आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि विशेष अफरसमेत ल्याएको छ ।

यो अफरअन्तर्गत कम्पनीले २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिइएको छ । त्यस्तै, एक वर्ष निःशुल्क बीमा, एक वर्ष सडक कर, आकर्षक नगद छुट, फ्री एसेसरिज र फ्री होम चार्जर उपलब्ध गराइने बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise