२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

राजतन्त्र फर्काउने दुष्प्रयास गरे ठूलो मूल्य चुकाउनुपर्छ : अध्यक्ष नेपाल

draupadi film
मध्यान्ह
२०८१ चैत १५ गते १६:१९
राजतन्त्र फर्काउने दुष्प्रयास गरे ठूलो मूल्य चुकाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र नफर्किने ठोकुवा बताएका छन् ।
शुक्रबार काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाले आयोजना आयोजित खबरदारी सभालाई सम्बोधन अध्यक्ष नेपालले राजतन्त्र फर्किने कल्पनै नगरे हुने बताए ।  उनले भने, ‘यदि कसैले दुष्प्रयास गर्छ भने त्यसको मूल्य निकै महँगो पर्नेवाला छ ।’

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो । त्यस कारण प्रतिगामी शक्तिहरू होसियार ! अब यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन ।  राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन’, उनले भने । जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार नरहेको पनि अध्यक्ष नेपालले चने ।

नेपालले शासकको कमजोरीका कारण जनताले समस्या भोगिरहेको तर सरकार तमासे भएर बसेको टिप्पणी गरे ।
‘हामीले सरकार ढालेका छैनौ तर सरकार ढले..ढले... भनिरहेको छ’, नेपालले भने, ‘प्रचण्ड कमरेडलाई स्वर्ग र नर्कको कुरा गरेछन् । प्रचण्ड सोझो मान्छेलाई नर्कतिर पठाइदिएछन्’, उनले भने ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise