२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

पत्रकार र मिडियामाथिको आक्रमणप्रति महासंघ युरोप शाखाको ध्यानाकर्षण

draupadi film
भरत प्रधान
२०८१ चैत १७ गते २०:५०
पत्रकार र मिडियामाथिको आक्रमणप्रति महासंघ युरोप शाखाको ध्यानाकर्षण

लिस्बन : राजसंस्थाको पुनःस्थापनको माग राख्दै राजावादी समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको हिंसात्मक गतिविधि र आक्रमणप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भीर ध्यानार्षण गराएको छ ।

शाखाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले गरेको आगजनीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकले ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै हिंसात्मक गतिविधिको निन्दा एवं भत्सना गरेको हो ।

प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा भएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा गरिएको आक्रमणका साथै सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । 

‘शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेसमाथि दमन गर्ने कार्य पूर्णतः अस्वीकार्य, निन्दनीय र आपराधिक छ’शाखाका अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

शाखाले यस्ता हिंसात्मक गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग समेत गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise