–गेहेन्द्र अधिकरी
भाडाभरिका सपनाहरू
सत्यतामाथी लागेको दागहरुको बिपना
शितको आशीर्वाद सँगैको बिहानी झुल्को
पारी डाडामा डुब्न लागेको सुर्यको रातो प्रकाश
जस्ले तातोपनाको आड भन्दापनि रातका
ती अनगिन्ती सपनाहरूको संत्रास फालिरहेकोछ ।
हिजो र आज अनि भोलि सपना फरक भएपनि
ती दाग मेटाउने भावना अनिद्राको साथ भैरहेकोछ ।
खण्डखण्ड परेको दार्जुला जहाँ म
कालि(महाकाली) को पूर्वी मुहानमा बसि सुकेको आत भिजाउन चाहान्छु ।
व्यास मन्दिरमा दर्शन गरि
कालापानीको शिरमा बसि मन लाग्ने गित गुनगुनाउन चाहान्छु ।
लिपु भञ्ज्याङ् मा स्वतन्त्र भै बास्ना छरिरहेका ती अन्जान फुलहरुसङ्ग मितेरी लगाउन चाहान्छु ।
र कालिको किनारमा रहेका गुँन्जि, नाबी कुटि जस्ता रमणीय ठाउँ सम्झना गर्दै लिपियधुरामा फर्फराइरहेको सुर्य चन्द्र आडमा केही समय सुस्ताउन चाहान्छु ।
र सिमामा कसैले मेरो राष्ट्रियता माथी प्रश्न नउठाओस भन्ने चाहान्छु ।
गुलेली मट्याङ्ग्रा ढाल तरबार अनि खुकुरिको इतिहासमाथी
आज कसैले
कालिको मुहान जोडी प्रश्न उठाउँदै छ ।
स्वाधीनता र सार्बभौमसत्तामाथी हस्तक्षेप गर्दैछ ।
हो इतिहास खुकुरीको मात्र नभई पुर्खाको हार
ब्रीटिसको राज अनि उपनिवेश बनेको दार्चुलाको खण्डित भू–भागको पनि छ ।
कोरोनाको संकटमा सुगौली सन्धि हेरि कालिको मुहान सारिँदैछ ।
नेपाली भुमिमा आज फेरि उचो स्वरमा बुट बजारिँदैछ
राष्ट्र प्रेम र देशभक्तिको संयन्त्र रचिदैछ ।
बिस्तारबादी सोच जाग्दै गरेको देख्छु,
लिपियाधुराबाट बग्ने नदिलाई कुटि याङ्दी भनिरहँदा
०१८ सालको जनगणना व्रीटिससङ्ग भएका हस्ताक्षर र प्रकाशित नक्सा हेरिरहेकोछु,
नेपाली भुमिमा डोजर चलाइरहँदा र तिल्सिलाई काली
भनिरहँदा सुगौली सन्धि सम्झिरहेछु
बुट बजार्दै गर्जिने तिम्रो खोक्रो घमण्डमा पुर्खाको इतिहास पढिरहेछु,
०२७ सालको कार्यान्वयन सम्झिरहेछु ।
लिपु भञ्ज्याङ्लाई सीमा भनिरहँदा तिल्सि बनाई काली भनिरहँदा
हामि आफ्नो प्रमाण सहित छारुङ गुन्जी कुटीदेखि लिपियाधुराबाट बग्ने नदिलाई काली नदि भनी दर्साइरहेका हुनेछौ ।
तिम्रो खोक्रो घमण्ड अघि प्रमाणहरु पल्टाइ बार्ता चलाइरहेका हुनेछौ ।
प्रतिक्षारत त्यो समर्थनको जहाँ तिम्रो विस्तारबाद सोच हटाइ
लिपुलेक कालापानी र लिपियाधुरा नेपालको भनी चिनाउनेछौ ।
तिमी कालिको रेखांकन गर्नु चन्द्र सूर्य अंकित झण्डा फहराउन मद्धत गर्नु, मिलेर द्विदेशीय सम्बन्ध प्रगाढ बनाउनेछौ ।
तब बल्ल भाडाभरिका सपनाहरुमा हलचल आउनेछ
सुकेका आत चिस्सिनेछन,
थाकेका पैताला मरोरम दृश्यका पछी पछि लाग्नेछन
र म फर्फराइरहेको चन्द्र र सुर्य आडमा राष्ट्रिय गान गाउनेछु
यात्राका अनगिन्ती यादहरु सम्झनेछु ।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies