२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

यामाहाले ल्यायो ‘थ्रिल अफ थ्री’

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते २१:१८
यामाहाले ल्यायो ‘थ्रिल अफ थ्री’

काठमाडौं : यामाहा नेपालले नयाँ वर्ष सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सँगै गर्ने भएको छ । आफ्ना फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्ने उद्देश्यले सो स्किम ल्याइएको हो ।

सो स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिविम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर भएको जनाइएको छ । ‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारतर्फ एक्साइटमेन्ट सेयरमा १ हजार रुपैयाँ, आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ शेयरमा तत्काल एक हजार स्टाइल देखाउँदै ५० हजार रुपैयाँसम्म जित्ने व्यवस्था छ ।

नजिकैको यामाहा डिलरसिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदै ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको जनाइएको छ । पर्फर्मेन्सका आधारमा एक लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने छ ।

ग्राहकको लागि नगद पुरस्कारका साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने जनाएको छ । स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजसहित ईएमआई सुविधासमेत पाइने कम्पनीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise