काठमाडौं : फोटोनका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले माउन्टेन ईभीलाई नेपाल भित्र्याएको छ । योसँगै कम्पनीले कमर्सियल फोटोन ईभीलाई पछिल्लो पटक बर्दिबासमा पनि सार्वजनिक गरेको हो ।
माउन्टेन ईभी इलेक्ट्रिक पिकअपको आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई–पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने कम्पनीको दाबी छ । माउन्टेन ईभी लन्च कार्यक्रममा बोल्दै फोटोन मोटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिएका थिए ।
फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको जनाएको छ । यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखी मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा कम्पनीको रहेको छ ।