काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले संस्थाकै उपाध्यक्ष मनोजकुमार ज्ञवालीलाई नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएकामा बधाई दिएको छ ।
संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यले ज्ञवालीको यो उपलब्धि महत्वपूर्ण रहेको बताउँदै बधाई दिएको हो । ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव प्रशंसनीय छ । उहाँको पदोन्नति उत्कृष्ट योगदानको प्रतिबिम्ब हो । उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ,’ संघले भनेको छ ।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।