२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

बीवाईडी एसिया प्यासिफिकमा साइमेक्स इंकलाई अवार्ड

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते २०:५८
बीवाईडी एसिया प्यासिफिकमा साइमेक्स इंकलाई अवार्ड

काठमाडौं : बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा कम्पनीले प्रतिष्ठित पुरस्कार प्राप्त गरेको हो ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए बापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको हो ।

साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । यसैगरी सो समारोहमा लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे ।

साथै, बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्डले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड, चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।

ADV

सम्बन्धित खबर

Advertise