२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुँदै

Nada
२०८१ चैत १९ गते २१:४५
Shares
नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुँदै

काठमाडौं : नेपाल कफी व्यवसायी महासंघले नेपाली कफीको गुणस्तर, उत्पादन क्षमता र बजार विस्तारका लागि ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ आयोजना गर्ने भएको छ । यही चैत २१ देखि २३ गतेसम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा सो फेस्टिभल आयोजना हुने भएको हो । कफी उद्योगको मूल्य शृङ्खला अनुरूप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई अवसरहरूको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकीकृत गर्ने यो एउटा महत्वपूर्ण कार्यक्रम भएको महासंघले जनाएको छ ।

ncell

कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन, कफी क्षेत्र विकास प्रवर्द्धन, उद्यमी व्यवसायीको आफ्ना उत्पादनहरू, सेवाहरूको प्रर्दशनी, कफीको राष्ट्रिय विधागत प्रतिस्पर्धा र पुरस्कार (क्याफे वारिस्ता, लाते ऑट र बु्रइङ्ग) लगायतका विषयमा रहेर फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ । साथै, कफीको मूल्य शृङ्खला अनुरूप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितिलाई सम्बोधन हुने गरी लगानीमैत्री वातावरण तय गर्दै सरोकार सम्वद्ध सम्पूर्ण मन्त्रालयहरू, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग सहकार्य एवं समन्यवय गरी सो कार्यक्रमको आयोजना गर्न लागिएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी गराए । 

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन तथा कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायीहरूको सहकार्य एवं समन्वयमा आयोजना हुन लागेको हो ।

फेस्टिभलमा कफी प्रदर्शनी, कफीको स्वाद र प्रतियोगितासँगै यस क्षेत्रमा लाग्नेहरूको लागि नेटवर्किङ अवसर समेत सो फेस्टिभलका मूख्य आर्कषणहरू रहने आयोजकले जनाएको छ । महासंघकाअनुसार सो फेस्टिभलले नेपालको कफी उत्पादनलाई बढावा दिने, नेपाली कफीको अन्तर्राष्ट्रिय मान्यतालाई बलियो बनाउने र कफी उत्पादन क्षेत्रमा आर्थिक विकास र सामाजिक उत्थानका लागि अवसरहरू सिर्जना गर्ने छ ।
 

सम्बन्धित खबर