२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

यस्तो छ आज आजको तरकारी र फलफूलको मूल्य

Nada
२०८१ चैत २० गते ०८:१२
Shares
यस्तो छ आज आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु. ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु. ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु. २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु. २५, आलु रातो प्रतिकिलो रु. ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु. ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु. ५०, गाजर (लोकल) प्रतिकिलो रु. ५०, गाजर (तराई) प्रतिकिलो रु. ३५, बन्दा (लोकल) प्रतिकिलो रु. १२, बन्दा (तराई) प्रतिकिलो रु. १२, बन्दा (नरिवल) प्रतिकिलो रु. १२, काउली (स्थानीय) प्रतिकिलो रु. ५०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु. ५०, मूला रातो प्रतिकिलो रु. ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु. १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु. २०, भन्टा लाम्चो प्रतिकिलो रु. ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु. ५०, तने बोडीको मूल्य प्रतिकिलो रु. ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु. ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु. ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु. ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु. ७०, तितो करेला प्रतिकिलो रु. १००, लौका प्रतिकिलो रु. ५०, परबर (लोकल) प्रतिकिलो रु. ९०, परबर (तराई) प्रतिकिलो रु. ९०, घिरौँला प्रतिकिलो रु. ७०, झिगुनी प्रतिकिलो रु. ८०, फर्सी पाकेको प्रतिकिलो रु. ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु. ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु. ३०, सलगम प्रतिकेजी रु. ७०, भिण्डी प्रतिकिलो रु. १०० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु. ९०, स्कूस प्रतिकिलो रु. ४०, रायो साग प्रतिकिलो रु. ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चम्सुरको साग रु. १००, तोरीको साग प्रतिकिलो रु. ६०, मेथीको साग प्रतिकिलो रु. ९०, प्याज हरियो प्रतिकिलो रु. ४०, बकुला प्रतिकिलो रु. ५०, तरुल प्रतिकिलो रु. १२०, च्याउ (कन्य) प्रतिकिलो रु. १५०, च्याउ (डल्ले) प्रतिकिलो रु. ३२० तथा कुरिलो प्रतिकिलो रु. ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु. १००, ब्रोकाउली प्रतिकिलो रु. ५०, चुकुन्दर प्रतिकिलो रु. ६०, सजीवन प्रतिकिलो रु. २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु. ५०, जिरीको साग प्रतिकिलो रु. ६०, ग्याठकोभी प्रतिकिलो रु. ६०, सेलरी प्रतिकिलो रु. १५०, पार्सले प्रतिकिलो रु. ३००, सौफको साग प्रतिकिलो रु. ७०, पुदिना प्रतिकिलो रु. ३००, गान्टे मूला प्रतिकिलो रु. ७०, इमली प्रतिकिलो रु. १७०, तामा प्रतिकिलो रु. १००, तोफु प्रतिकिलो रु. १२० र गुन्द्रुक प्रतिकिलो रु. ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु. २५०, स्याउ (फूजी) प्रतिकिलो रु. ३५०, केरा (दर्जन) रु. १६०, कागती प्रतिकिलो रु. २७०, अनार प्रतिकिलो रु. ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु. २००, अङ्गुर (कालो) प्रतिकिलो रु. २५०, भारतीय सुन्तला रु. १५०, तरबुजा हरियो प्रतिकिलो रु. ७०, मौसम प्रतिकिलो रु. २००, जुनार प्रतिकिलो रु. २००, भूइँकटहर प्रतिगोटा रु. २००, काँक्रो (लोकल) प्रतिकिलो रु. ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु. ४०, रुख कटहर प्रतिकिलो रु. १००, निबुवा प्रतिकेजी रु. ५०, नासपती (चाइनिज) प्रतिकिलो रु. २६०, मेवा (नेपाली) प्रतिकिलो रु. ५०, मेवा (भारतीय) प्रतिकिलो रु. १२०, अम्बा प्रतिकिलो रु. १२०, लप्सी प्रतिकिलो रु. १२०, उखु प्रतिगोटा रु. १००, स्ट्रबेरी (भुइँऐसेलु) रु. २५०, किबी प्रतिकिलो रु. ४५० तथा आभोकाडो प्रतिकिलो रु. ६५०, अमलाको मूल्य प्रतिकिलो रु. ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु. १२०, खुर्सानी सुकेको प्रतिकिलो रु. ४००, खुर्सानी हरियो प्रतिकिलो रु. १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु. १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु. ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु. १२०, लसुन हरियो प्रतिकिलो रु. ६०, हरियो धनियाँ प्रतिकिलो रु. २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु. ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु. ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु. २६०, ताजा माछा (छडी) प्रतिकिलो रु. २४०, राजा च्याउ प्रतिकिलो रु. ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु. ८०० तोकेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर