२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

shivam cement
२०८१ चैत २० गते १३:०४
Shares
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

काठमाडौंः म्यानमामा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।

स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ । बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ । एजेन्सी
 

ADV

सम्बन्धित खबर