२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ग्लोबल आइएमईका ग्राहकलाई सेल्सबेरीमा ‘क्यासब्याक’

Nada
२०८१ चैत २१ गते २१:००
Shares
ग्लोबल आइएमईका ग्राहकलाई सेल्सबेरीमा ‘क्यासब्याक’

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंक र सेल्सबेरीले गरेको सम्झौताअनुसार बैंकका ग्राहकले क्यासब्याक पाउने भएका हुन् ।

ncell

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेसिनमार्फत् गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् दुई सय रुपैयाँसम्मको क्यासब्याक पाउने जनाइएको छ ।

सम्बन्धित खबर