काठमाडौं : भारतको टायल कम्पनी, कजारियाले कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउसद्वारा सञ्चालित सो सोरुम उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौंका भुपु अध्यक्ष कुशकुमार जोशीको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थिति रहेको थियो ।
कलंकीको महत्वपूर्ण क्षेत्रमा रहेको सो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने जनाइएको छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै सो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलव्धि रहेको कम्पनीले जनाएको छ ।