२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

सहकारीमा घोटाला : केबी उप्रेती पक्राउ

ADV
२०८१ असार २० गते ०६:५५
सहकारीमा घोटाला : केबी उप्रेती पक्राउ

काठमाडौं : राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । आफूलाई सहकारी अभियन्ता बताउने उनलाई प्रहरीले सहकारीको बचत अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । उनी बुधबार काठमाडौंको बालाजुबाट पक्राउ परेका हुन् । 

आईडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक रहेको उप्रेतीले सो सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । 

उक्त सहकारी गत महिना समस्याग्रस्त घोषित भएको थियो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले अनुसन्धान गर्ने सहकारीको सूचीमासमेत यो सहकारीको नाम पनि समावेश छ । 

एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । यिनै उप्रेतीले मंगलबार थापा संयोजकत्वको संसदीय समितिको बैठकमा उपस्थित भएर सहकारीको संकटबारे सुझावसमेत दिएका थिए । बुधबार भने पक्राउ परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise