२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

गौरमा हर्षोल्लासका साथ मनाइयो रामनवमी पर्व

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत २४ गते २०:४०
गौरमा हर्षोल्लासका साथ मनाइयो रामनवमी पर्व

रौतहट  रौतहट गौरमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइएको छ । हजारौं संख्यामा उपस्थित भक्तजनहरुले हर्षोल्लासका साथ नगरपरिक्रमा गर्दै पर्व मनाइएको हो । 

हाल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा त्रेतायुगका राजा दशरथ र महारानी कौसल्या देवीको जेष्ठ सुपुत्रका रुपमा भगवान विष्णुको सातौं अवतारको रुपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमी तिथिकै दिन भएको थियो । 

विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको इतिहासिक धर्म ग्रन्थमा उल्लेख छ । 

‘रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ, वा राम राज्यको कल्पना गर्न सकिने छ ।’

रौतहटको गौर, राजदेवी, माधवनारायण, गढिमाइ, वृन्दावन, चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, मौलापुर, बौधीमाइ, देवाही गोनाही, कटहरिया, गरुडा, राजपुर, परोहा, इशनाथ नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकाको विभिन्न स्थानमा भगवान रामचन्द्रको जन्म भएको रामनवमीको दिनमा रामधुन, ¥याली, किर्तन, भजन तथा विभिन्न भक्तिभावमा सज्जिएर भव्यताका साथ रामनवमी पर्व मनाइएको हो ।

ADV

सम्बन्धित खबर

Advertise