२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या ३ हजार ६०० पुग्यो, ८९ वटा पराकम्प रेकर्ड 

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते १३:२९
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या ३ हजार ६०० पुग्यो, ८९ वटा पराकम्प रेकर्ड 

एजेन्सीः म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्।

म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । 

मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७।९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन्। (सीसीटीभीप्लस)
 

ADV

सम्बन्धित खबर

Advertise