काठमाडौं : मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक मानिसलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करिअर सुरु आह्वान गरेको छ । कम्पनीले जीवन बीमा अभिकर्ता पेसामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको हो ।
‘अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाइँको’ भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको यो अभियानले मेटलाइफका बीमा अभिकर्ताले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्नेमा जोड दिएको छ । जब धेरै नेपालीले विदेशमा रोजगारी खोजिरहेका छन्, मेटलाइफ नेपालको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करियर निर्माण गर्न सकिने सन्देश दिन्छ ।
जीवन बीमा अभिकर्ताका रूपमा व्यक्तिहरुले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ । यो अभियान नेपालीहरूलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करियरमा योगदान पुर्याउन कम्पनीले आह्वान गरेको छ ।