काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ ल्याएको हो ।
यो क्याम्पेनमा मोटरसाइकल किन्दा ग्राहकले डिजिटल अनुभवमार्फत एक लाख रुपैयाँसम्म नगद पुरस्कार र गीफ्टहरू जित्ने अवसर पाउनेछन् । त्यस्तै, बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेमसमेत ल्याएको छ । सो गेममा जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्ने जनाइएको छ ।
कम्पनीकाअनुसार क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर एक लाख रुपैयाँ सम्मको नगद पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।