काठमाडौं : सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सुरुवात गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र ई–कर्जाका फाइदा, यसका मापदण्ड र सेवा लिने विधिबारेमा विस्तृत जानकारी दिए ।
सूर्यज्योतिले बीमितलाई अझ सरल तथा सहज ढंगले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जासम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइनमार्फत् लोन लिन सकिने जनाएको छ । कम्पनीकाअनुसार बीमालेख जारी मिति तीन वर्ष पूरा भएपछि र तीन वर्षको बीमा शुल्क प्राप्त भएपछि कर्जा रकम दिइने, नगद मूल्य रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । त्यस्तै, अनलाइनमार्फत् जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाका लागि आवेदन दिन सकिने, एक क्लिकमा रियल टाइममा नै खल्ती वालेटमार्फत् कर्जा रकम प्राप्त गर्न सकिने र हाललाई कर्जा रकम अधिकतम ५० हजारमात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
आफ्ना बीमित तथा अभिकर्तालाई सुविधा दिने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड पनि सुरुवात गरेको जनाएको छ । तोकिएका मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्तालाई सूर्यज्योति मोबाइल एपमार्फत् डिजिटल कार्ड प्रदान गरिने कम्पनीको भनाइ छ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योतिको डिजिटल सर्भिस अत्यन्तै प्रशंसनीय र बीमितका लागि महत्ववपूर्ण रहेको बताए ।