२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

‘सरकारप्रति जनताको निराशा बढ्यो’

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत २६ गते २२:५०
‘सरकारप्रति जनताको निराशा बढ्यो’

रौतहट : जसपा नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विगत ३५ वर्षमा नेपाली कांग्रेस र कम्युनिष्टहरूले पालैपालो सरकार चलाउँदा मुलुकको समग्र क्षेत्रको अवस्था कमजोर बनेको बताएका छन् । 

जसपा रौतहटको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले भने, ‘३५ वर्षमा कांग्रेस र कम्युनिष्ट मिलेर देशका उद्योग र कलकारखाना बन्द गराएका छन् । शिक्षा प्रणाली चौपट भएको छ, जसको परिणाम स्वरूप आज हजारौं शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन् ।’

उनले थपे, ‘३५ वर्षमा कुनै पनि नयाँ कलकारखाना सञ्चालनमा ल्याइएको छैन । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्र सबै प्रभावित भएका छन् । नेपाल अन्य देशहरूको तुलनामा पछाडि परेको छ, र यसको मुख्य कारण कांग्रेस र कम्युनिष्टहरूको असफल शासन हो ।’

यादवले पछिल्ला दशकहरूमा भ्रष्टाचार, लुटतन्त्र, गरिबी र बेरोजगारी मात्र बढेको उल्लेख गर्दै किसान तथा मजदुरहरूको पक्षमा कुनै ठोस कदम नचालिएको बताए । 

उनले सरकारप्रति जनताको निराशा बढिरहेको स्पष्ट पारे ।

गरुडा नगरपालिका ५ स्थित एन प्लाजा सभाहलमा आयोजित कार्यक्रममा जसपा रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय कार्यकारिणी समिति सदस्य राम किशोर यादव, राष्ट्रिय सभा सदस्य पूजा चौधरी, मधेश प्रदेश अध्यक्ष बाल किशोर यादव, पूर्व कृषि राज्यमन्त्री योगेन्द्र यादव, अब्दुल कलाम आजाद, चुलहाई यादव, किशोरी यादव, फुल बाबु लगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise