२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

लागुऔषध र अवैध हतियारसहित गिरी पक्राउ

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत २७ गते ०९:१५
लागुऔषध र अवैध हतियारसहित गिरी पक्राउ

रौतहट :रौतहट प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा र अवैध हात हतियारसहित सावन गिरीलाई पक्राउ गरेको छ । भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नं. १ अन्तर्गत झोलुङ्गे पुल नजिकको केरावारी क्षेत्रबाट गिरीलाई पक्राउ गरेको हो । 

सोमबार राति करिब १:४५ बजे प्रहरीले चार जनाको समूहलाई टाउकोमा प्लास्टिकको बोरा बोकी भारततर्फ जाँदै गरेको अवस्थामा देखेपछि उनीहरूलाई रोकेको थियो । समूहका केही व्यक्तिहरूले टर्च बालेर बाटो देखाउँदै थिए भने अन्यले गाँजा भएको शंका गरिएका बोरा बोकेका थिए । प्रहरी देखेपछि उनीहरू बोरा र टर्च छाडेर दक्षिणतर्फ भाग्न थालेका थिए ।

सोही क्रममा रौतहट प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ४ टिकुलियाका २१ वर्षीय गिरीलाई पक्राउ गर्न सफल भएको हो । उनलाई नियन्त्रणमा लिएर तलासी गर्दा ८ एमएमकेएफ लेखिएको तीन राउण्ड गोली र एक थान रियलमी १२ एक्स ५ जि मोबाइल फेला परेको थियो ।

प्रहरीले घटनास्थलको आसपासको क्षेत्रमा खोजतलास गर्दा भूँइमा लोड गरिएको एक थान कटुवा पेस्तोल पनि फेला पारेको छ । साथै, घटनास्थलदेखि करिब ५० मिटर वरिपरि चारवटा बोरा भेटिएका छन्, जसभित्र स-साना ११ वटा पोका रहेको र तीमध्ये जम्मा १०९ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीलाई लागुऔषध (गाँजा) ओसारपसार तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए । साथै, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोजीकार्य तीव्र पारिएको जानकारी प्रहरीले जानकारी दिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise