२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खेलाडी अक्षयकोषमा ३१ बढी लाख बढी सङ्कलन

Nada
२०८१ चैत २७ गते ११:२४
Shares
खेलाडी अक्षयकोषमा ३१ बढी लाख बढी सङ्कलन

कास्कीः अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म रु ३१ लाख ५४ हजार २५६ सङ्कलन भएको छ ।

ncell

मञ्चले पोखरा म्याराथनको प्रवर्द्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरुवात भएको हो । 

अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवङ्गत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

उनका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा रु दुई करोडको पुर्‍याउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भने, ‘यो अक्षयकोष केवल रकम सङ्कलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरु गरेको साप्ताहिकरमासिक दौड र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हो ।’ 

यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा रु १२ लाख २९ हजार ५११ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी रु ९३ लाख ७० हजार ६८९ तथा खर्च रु ८१ लाख ४१ हजार १७७ भएको जानकारी दिए। 

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीनपटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।

यसैगरी २०औँ सस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २०औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ । 

सम्बन्धित खबर