२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बजेट तयारीबारे प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवहरूसँग छलफल गर्दै

Nada
२०८१ चैत २८ गते ११:४४
Shares
बजेट तयारीबारे प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवहरूसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन् ।

ncell

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे सबै मन्त्री र सचिवसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

मन्त्रीहरुले आगामी बजेटका बारेमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन् । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्ने कामका लागि  बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा ‘बजेट लेखन समिति’ पनि गठन गरिसकेको छ ।

सम्बन्धित खबर