काठमाडौं : स्काइवेल नेपालले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी खरिद गर्ने ग्राहकलाई युरोप भ्रमणको अवसर दिने विशेष योजना सार्वजनिक गरेको छ ।
‘स्काइवेल ड्राइभ २०२५ – नेपाल टु युरोप’ नाम दिइएको यस योजनाअन्तर्गत स्काइवेलको कुनै पनि मोडल खरिद गर्ने जोडी ग्राहकलाई युरोप भ्रमणमा लगिने कम्पनीले जनाएको छ । जेड मोटर्स प्रालिको आधिकारिक वितरकत्वमा नेपाली बजारमा उपलब्ध स्काइवेलको ‘विई ११’ र ‘ईटी ५’ मोडल खरिदकर्ताले अफर अन्तर्गत युरोपेली सडकमा स्काइवेल चलाउने अवसर प्राप्त गर्नेछन् ।
युरोपियन बजारमा व्यापक लोकप्रियता कमाएको स्काइवेलले नेपालमा पनि लक्जरी तथा लङ रेन्ज ईभीको रूपमा राम्रो स्थान बनाइसकेको छ । कम्पनीका अनुसार स्काइवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा रेटिङ पाइसकेको छ भने चिनियाँ इभीहरूमध्ये ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो उत्पादन पनि यही हो ।
स्काइवेल एसयूभी उच्च आरामदायीपन, सोलिड स्ट्रक्चर तथा सुरक्षाका दृष्टिकोणले युरोपेली स्तरको रहेको बताइएको छ । स्काइवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख निर्धारण गरिएको छ भने विई ११ (४१० किमी रेन्ज) को मूल्य ७९ लाख ९० हजार र विई ११ (५२० किमी रेन्ज) को मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।
यी दुवै मोडल फुल साइज लक्जरी एसयूभी हुन् जसमा १९० एमएम ग्राउन्ड क्लियरेन्ससहितका आधुनिक फिचरहरू उपलब्ध छन् । कम्पनीले ग्राहकलाई स्काइवेलको सवारी साधन युरोपसम्म निर्यात भइरहेको देशमा लैजाने र त्यहीँ स्काइवेल ड्राइभ गराउने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ ।
योजना अन्तर्गत स्काइवेलको कुनै पनि भेरियन्टको टेस्ट ड्राइभ गर्ने ग्राहकले पनि युरोप भ्रमणको मौका जित्न सक्नेछन् । टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा #TestDriveSkywell र #SkywellDriveNepalToEurope ह्यासट्याग प्रयोग गरी पोस्ट गरेमा सहभागिता मानिनेछ । सहभागीमध्ये एक महिला र एक पुरुष विजेता चयन गरी युरोप भ्रमण गराइने कम्पनीले जनाएको छ ।
हाल स्काइवेल नेपालले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने नक्साल, विराटनगर, चितवन, पोखरा लगायत स्थानमा विक्री कक्षहरू पनि सञ्चालनमा छन् ।