काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सजिलो ई–लोन सेवा सुरु गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले ई–लोन सेवाको उद्घाटन गरेका हुन् ।
ई–लोन सेवा सुरु भएसँगै अब बीमित (पोलिसी होल्डर)हरूले घरबाटै ऋण लिनका लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने भएका छन् । यो सेवाअन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा कम्पनीको वेबसाइटका माध्यमबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्म ई–लोनका लागि आवेदन दिन सक्नेछन ।
कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबीसै घण्टा जुनसुकै बेला गर्न सकिनेछ भने कार्यालय समयभित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुनेबित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।
यसरी ऋण लिनका लागि कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनका लागि बीमितको केवाईसी (नो योर कस्टमर) प्रमाणीकरण पूरा हुनुका साथै बीमा शुल्क भुक्तानी गरेको कम्तीमा ३ वर्ष पूरा भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।