२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

बेमौसमी वर्षाका कारण किसानलाई मर्का

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत २८ गते २२:२९
बेमौसमी वर्षाका कारण किसानलाई मर्का

रौतहट : बुधबार राति आएको बेमौसमी वर्षाका कारण रौतहटसहित मधेशका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ । 

वर्षाले खेतमा पानी जमेर गहुँ र दलहन भिज्न थालेपछि किसान चिन्तिन बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको सयौं बिगहा गहुँ, दलहन बाली नष्ट भएको छ । वर्षासँगै आएको हावाहुरीले गहुँका बालाहरू लडाएको र खेतमा पानी जमेपछि अन्न कुहिन थालेको किसानहरूले बताएका छन् ।

यमुनामाई गाउँपालिकाका किसान राजकिशोर सिंहले वर्षाका कारण गहुँ र दलहन बालीले धेरै क्षति पुर्‍याएको बताए । बेमौसमी वर्षाले गहुँ बालीमा पुर्‍याएको क्षतिका कारण किसानहरू निराश भएका छन् । उनीहरूले सरकारसँग उचित राहत र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

प्राकृतिक प्रकोपबाट किसानहरूलाई जोगाउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । प्राकृतिक प्रकोपले किसानहरूलाई ठूलो आर्थिक मार पर्ने गरेको छ ।

सरकार र सम्बन्धित निकायहरूले किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसानहरुको माग रहेको छ । बाली बीमा जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै मौसम पूर्वानुमानको सही जानकारी समयमै पुर्‍याउन सके यस्ता जोखिमहरू कम गर्न सकिने किसानहरुले बताएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise