२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ADV
मध्यान्ह
२०८१ असार २० गते १७:३५
कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्‍टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर प्रकाश, उपमेयर देवीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्‍द्र साहविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुविरुद्ध कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टाइल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमानबमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो । टाइल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएको थियो । उनीहरुले फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै भएपनि त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेको अख्तियारको दाबी छ ।

अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिएको अख्तियारले बताएको छ । उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ ९५ पैसा बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise