२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

ADV
मध्यान्ह
२०८१ असार २० गते २०:०७
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । 

दुई न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको राय बाझिएपछि अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नचलेको भन्दै पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले त्यसरी पत्र दिनु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश मल्लले सहकारी ठगीको  जाहेरी र अनुसन्धान निष्पक्ष ढंगले गर्न दिने आदेश गरेकी छन् भने न्यायाधीश सुवेदीले गृहमन्त्रीलाई मार्ग प्रसस्त गर्न भनेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise