२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

मातातीर्थ सबस्टेशनमा आगलागी : तीन सदस्यीय छानबिन समिति गठन गर्ने तयारी

draupadi film
मध्यान्ह
२०८२ वैशाख १ गते १५:२९
मातातीर्थ सबस्टेशनमा आगलागी : तीन सदस्यीय छानबिन समिति गठन गर्ने तयारी

काठमाडौं : काठमाडौंको मातातीर्थ सबस्टेशनमा आइतबार दिउँसो अचानक भएको आगलागीका कारण अबरुद्ध भएको विद्युत् आपूर्ति क्रमशः पुनः सुचारु हुँदैछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार तीन दिनभित्र सबै प्रभावित क्षेत्रमा आपूर्ति पूर्णरूपमा सुचारु हुनेछ ।

ब्रेकर प्यानलको स्विच सञ्चालन गर्दा स्पार्क भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । तर यो ठेकेदारको लापरबाहीबाट मात्रै हो कि कसैले जानीबुझी गराएको हो भन्ने विषयमा तीन सदस्यीय छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाइने प्राधिकरणले जनाएको छ ।

“घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कारबाही गरिनेछ,” शाक्यले बताए । उनका अनुसार, जलेका उपकरण निर्माण कम्पनीमार्फत प्रतिस्थापन हुनेछन् भने तत्कालका लागि स्युचाटार सबस्टेशनबाट सेवा रिरोटिङ गरी अधिकांश क्षेत्रमा आपूर्ति बहाल गरिएको छ ।

बूढानिलकण्ठ र चपली सबस्टेशनबाट स्वीचगियर ल्याएर आवश्यक मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

आगलागीका कारण चन्द्रागिरि आसपासको क्षेत्रमा भएको विद्युत् अवरुद्ध सोमबारबाट पुनः सञ्चालनमा आएको शाक्यले स्पष्ट पारे ।

यस घटनाले काठमाडौं उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता र प्राविधिक सावधानीमाथि समेत प्रश्न उठाएको छ । प्रणालीको दीर्घकालीन स्थायित्वका लागि व्यापक मूल्यांकन र सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise