२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक

Nada
२०८२ वैशाख २ गते १९:०५
Shares
थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक

काठमाडौं : थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक गरिएको छ । विशेषगरी स्पेसल मौलिक थकाली खानाको प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको थकाली भान्छाघर संघ नेपालले गत शुक्रबार काठमाडौंको बालाजु विनायक बस्तीस्थित थकाली सेवा समिति केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित विशेष कार्यक्रमका बीच आफ्नो एप र वेबसाइट सार्वजनिक गरेको हो ।

ncell

थकाली सेवा समिति केन्द्रका अध्यक्ष गजेन्द्र तुलाचनले यस संघको सो एप र वेबसाइट सार्वजनिक गरेका हुन् । शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस संघको एप डाउनलोड गरी लगइन गरेपछि यस वेबसाइटबाट मौलिक थकाली खाना पारखीहरूका लागि आवश्यक हरेक थकाली रेस्टुरेन्टका बारेमा जजिलै सम्पूर्ण जानकारी पाउन सकिने व्यवस्था गरिएको छ ।

थकाली भान्छाघर संघ नेपालका संस्थापक अध्यक्ष विवेक तुलाचनले थकाली जातिको मौलिक एवं वास्तविक थकाली खानाका परिकार हो भन्दै अन्य व्यवसायीले समेत थकाली भान्छाघरको ब्रान्ड बेचेर उपभोक्ता झुक्याउने काम नगरून् भन्ने उद्देश्यले यस संघले स्पेसल थकाली खानाको प्रवर्धन र विस्तार गर्ने काममा महŒवपूर्ण भूमिका खेल्दै आएको बताए । उनले हाल यस संघमा काठमाडौं र ललितपुर जिल्लाका ६७ जना व्यवसायी सदस्य रहेको छ । अझै धमाधम देशैभर संगठित हुने क्रम जारी रहेको जानकारी गराए ।

उनले यस संघले औपचारिक रूपमा सार्वजनिक गरेको एप र वेबसाइटबाट उपभोक्ताले सहजै आफूलाई आवश्यक थकाली भान्छाघर तथा थकाली रेस्टुरेन्टका बारेमा सम्पूर्ण जानकारी पाइने भएकाले यो एप र वेबसाइट निकै उपयोगी हुने बताए । उनले थकाली भान्छाघर संघले काठमाडौं, ललितपुर जिल्लामा मात्र नभएर मुलुकभर तथा विदेशमा समेत यस एप र वेबसाइटमार्फत थकाली खानाको प्रवर्धन गर्दै जाने लक्ष्य लिएको बताए ।

यसैगरी, अध्यक्ष तुलाचनले यस संघबाट थकाली खाना शुद्धीकरणका लागि बजार अनुगमन तथा नियमनको कामसमेत गर्दै जाने बताए ।

सम्बन्धित खबर