२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमण : ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते ११:२८
दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमण : ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

काठमाडौंः पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । 

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई उन्नत चिकित्सा उपचारको लागि क्वेटा सारिएको छ । 

लक्षित कर्मचारीहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए । बलुचिस्तान नेशनल पार्टी–मेंगलद्वारा आयोजित धर्ना विरोध प्रदर्शनको सुरक्षाको लागि तैनाथ गरिएको थियो । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise