२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

इफाप्का सम्मेलनमा अध्यक्ष सिंहलाई सम्मान

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते २०:२३
इफाप्का सम्मेलनमा अध्यक्ष सिंहलाई सम्मान

काठमाडौं : सिंगापुरमा भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ । सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाइ, उड्डयन क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बताए । पूर्व इफाप्का अध्यक्ष पनि रहेका महासंघ अध्यक्ष सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको बताए । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै महासंघ अध्यक्ष सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको बताए । 

सम्मेलनकै अवधिमा ४६औँ इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विरेन्द्रराज पाण्डेलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो । सम्मेलन २०८१ को चैत्र २५ बाट शुरु भई २९ गते सम्म चलेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise