काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।