२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना सुरु

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते १२:०७
इटालीद्वारा घट्दो जन्मदरसँग जुध्न बेबी बोनस योजना सुरु

काठमाडौंः इटालीले नयाँ बेबी बोनस योजना सोमबारदेशि सुरु गरेको छ । जुन देशको घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासमा पछिल्लो कदम हो । इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सोमवार २०२५ मा जन्मेका वा धर्मपुत्र ग्रहण गरेका प्रत्येक बच्चाको लागि १ हजार युरो (१,१३५ अमेरिकी डलर) को करमुक्त भत्ता पहुँच गर्ने परिवारहरूको लागि औपचारिक प्रक्रियाको अनावरण गर्‍यो । 

बोनस इटालियन नागरिकहरूका साथै अन्य युरोपेली संघ सदस्य राष्ट्रहरूका नागरिकहरू र इटालीमा कानूनी दीर्घकालीन बसोबास गर्ने गैर–इयु नागरिकहरूलाई प्रदान गरिनेछ । बेबी बोनसको लागि अनुमानित बजेट २०२५ को लागि ३३० मिलियन युरो तोकिएको छ । जसमा २०२६ मा कोषलाई ३६० मिलियन युरोमा बढाउने योजना छ । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले जन्मदर बढाउनु सरकारको शिर्ष प्राथमिकताहरू मध्ये एक भएको बताएका छन् । 

इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले मार्चमा रिपोर्ट गरेको थियो कि २०२४ मा देशको प्रजनन दर प्रति महिला १.१८ बच्चाको रेकर्ड न्युनतममा झरेको छ । जुन १९९५ मा स्थापित १.१९ को अघिल्लो रेकर्ड भन्दा कम हो । दुवै तथ्याङ्क स्थिर जनसंख्या कायम राख्न आवश्यक २.१ को प्रतिस्थापन दर भन्दा उल्लेखनीय रूपमा कम छन् । एजेन्सी

ADV

सम्बन्धित खबर

Advertise