२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

'आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' ११ गतेदेखि

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते १५:३४
'आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' ११ गतेदेखि

रुकुम पश्चिम : राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमले 'दोस्रो आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०८२' आयोजना गर्ने भएको छ ।

आठबिसकोटस्थित राडीबजारको रगंंशालामा यही वैशाख ११ गतेदेखि वैशाख २१ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको तयारी तीव्ररूपमा भइरहेको आयोजक समितिका संयोजक मिलन परियार बुचीले जानकारी दिए । उनका अनुसार महोत्सवमा करिब५० वटा स्टल, विभिन्न स्थानीय उत्पादनका साथै कृषिलगायतको प्रर्दशनी रहने छ ।

पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको परियारको भनाइ छ ।

महोत्सव स्थलभित्र स्थानीय भेषभूषा, कला संस्कृति, खानपानलगायतको प्रर्दशनी गरिने संयोजक परियारले बताए । पर्यटन र संस्कृति साथै स्थानीय व्यापारलाई समेत प्राथमिकतामा राखेर सञ्चालन हुने महोत्सवमा व्यावसायिक स्टलसमेत राखिनेछ ।

यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइएको छ । अभिनेता पल शाह, जीवन शर्मा, विष्णु खत्री, ज्योति मगर, पुष्कल शर्मा, बद्री पंगेनी, एलिना चौहान, समीक्षा अधिकारीलगायत अन्य कलाकार आउने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise