२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते २१:३६
भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

काठमाडौ : नेपाली खानाको प्रवद्र्धनका लागि काडमाडौंको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ । नेपाली सेफ सोसाइटी र अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तरराष्ट्रियस्तरका सेफलाई बोलाएर खाना महोत्सव गर्न लागिएको जानकारी दिए । उनले महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहने बताए । 

अधिकारीले हाल अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् । यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतका स्टल रहने आयोजकले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise