२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा अनाथ तथा असहायबालबालिलागि खाद्यान्न सहयोग

Nada
२०८२ वैशाख ४ गते २१:३८
Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा अनाथ तथा असहायबालबालिलागि खाद्यान्न सहयोग

काठमाडौं : सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफइन्स्योरेन्सले कर्णालीप्रदेशमा बस्ने बादी समुदायका १३० जना अनाथ तथा असहायबालबालिका लागि खाद्यान्न सहयोग गरेको छ । अनाथ तथा असहायबालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’ लाई एक महिना भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग गरेको हो  । यस सहयोग कार्यक्रमअन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्यवस्तुहरू उपलब्ध गराएको छ । 

ncell

आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफइन्स्योरेन्सकको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक हिक्मतबादी लाइ खाद्यान्न सामग्री हस्तांतरण गरेको हो ।

बादी सरोकार मञ्चनेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ । हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ ।

सम्बन्धित खबर