काठमाडौं : एक हप्तादेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको दुई पांग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट सम्पन्न भएको छ । फेस्ट चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन भएर सम्पन्न भएको हो ।
उक्त फेस्टमा एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौँ सहभागी भएका थिए । ब्लू फेस्टमा यामाहा बाइक र स्कुटरमा ५० हजारको मिनिमम भ्यालुएसन दिइएको आयोजकले जनाएको छ । अन्य ब्रान्डहरूमा २५ हजार, एक्सचेन्जमा १० हजारको थप भ्यालुएसन बोनस, ७.९९ प्रतिशत ब्याजदरसहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने) र स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा थियो ।
त्यस्तै, ग्राहकहरूलाई तीन सजिला चरणहरूमार्फत् तत्काल १ लाखसम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर पनि प्रदान गरिएको थियो । शेयर गर्दा एक हजार, भिजिट गर्दा ५० हजारसम्म नगद छुट र खरिद गर्दा एक लाखसम्म नगद छुट दिइएको हो । साथै, फेस्टमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निःशुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो ।