२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

एनसेल एपमार्फत् अनलाइन रिचार्ज गर्दा बोनस डेटा

draupadi film
मध्यान्ह
२०८२ वैशाख ५ गते २०:४४
एनसेल एपमार्फत् अनलाइन रिचार्ज गर्दा बोनस डेटा

काठमाडौं : एनसेल प्रयोगकर्ताहरूले एनसेल एपमार्फत् रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । एनसेलका ग्राहकले प्रत्येक एक सय रुपैयाँ र सोभन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका हुन् ।

एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधासहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो । एनसेल एपमार्फत् एक सयदेखि दुई सयसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले एक दिनका लागि दुई सय एमबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, दुई सय वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा तीन दिनका लागि मान्य रहने पाँच सय एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने कम्पनीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise