काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा बेसहारालाई भोजन खुवाउने र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ ।
बैंकले घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका करिब १९ सय व्यक्तिहरूलाई गत चैत २० गतेदेखि यहि वैशाख ६ गतेसम्म भोजनको व्यवस्था गरेको छ । बैंकले भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा गत चैत २० गते देखि यही बैशाख ०५ गते सम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेको बैंकले जनाएको छ ।