२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अझै तीन दिन मनसुन सक्रिय रहने, ३० जिल्ला उच्च जोखिममा 

Nada
२०८१ असार २१ गते १२:०४
Shares
अझै तीन दिन मनसुन सक्रिय रहने, ३० जिल्ला उच्च जोखिममा 

काठमाडौँ : विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । सक्रिय मौसमले देशमा बाढी पहिरोको जोखिम उत्तिकै बढ्दै गएको छ । 

ncell

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसमको अवस्थालाई मध्येनजर गर्दै एक सूचना जारि गरेको छ । सूचनामा मनसुनले अति प्रभावित पार्न सक्ने ३० जिल्लालाई 'रेड जोन' को रुपमा राख्दै विभागले थप सतर्क रहन आग्रह गरेको छ ।  

न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग-सिमाना आसपास नै रहने  र मनसुन अझ सक्रिय हुने सम्भावना भएकोले आईतबारसम्म सतर्क रहनुपर्ने विभागले जनाएको छ । 

शुक्रबारदेखि आईतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले सुचनामा उल्लेख गरेको छ । 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय हुँदा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाले रेडअलर्ट जारी गरेको जिल्लाहरू  

गण्डकी– म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ । 

लुम्बिनी– कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व । 

कर्णाली– जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला । 

सुदूरपश्चिम– दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछाम । यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपतको  जोखिम पनि बढेको हो ।

तालिकामा हेर्नुहोस :


 

ताजा खबर

सम्बन्धित खबर