२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

रौतहटको भन्सार कार्यालय अगाडि व्यापारीहरूको धर्ना

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख ७ गते १५:२८
रौतहटको भन्सार कार्यालय अगाडि व्यापारीहरूको धर्ना

रौतहट : रौतहटको सदरमुकाम गौर भन्सार कार्यालय अगाडि कृषि र फुड क्वारेन्टाइनको माग राख्दै व्यापारीहरूले धर्ना सुरु गरेका छन् । स्थानीय व्यवसायी एवं व्यापारी कौशल साहको नेतृत्वमा व्यापारीहरूले गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्ना सुरु गरेका हुन् ।

कृषि तथा फुड क्वारेन्टाइनको अभावमा यहाँका व्यापारी व्यावसायीहरू वीरगञ्ज र सर्लाही जानुपर्ने बाध्यता रहेकाले पटक-पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदासमेत  कुनै वास्ता नगरेको भन्दै व्यापारीहरूले गत चैत ३१ गते कौशल साहको नेतृत्वमा भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

No description available.

व्यापारीहरूले अर्थमन्त्रीसहित सम्बध निकायलाई वैशाख ६ गतेसम्म समस्या समाधान नगरिए वैशाख ७ देखि १५ गतेसम्म शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गर्ने र वैशाख १६ गतेदेखि भन्सार कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको थियो । सोही अनुसार आइतबारदेखि व्यापारीहरूले कौशल साहको नेतृत्वमा दिउँसो १२ बजेदेखि धर्ना सुरु गरेका हुन् ।

व्यवसायी साहका अनुसार जिल्लामा रहेका व्यवसायीहरूलाई खाद्यान्न, फलफूल, आलुप्याज, तरकारीलगायतका सामानहरु भारतबाट ल्याउँदा गौर भन्सारमा कृषि र फुड क्वारेन्टाइनको अभावमा वीरगञ्ज हुँदै ल्याउनुपर्दा ढुवानी खर्च बढी लाग्ने गरेको छ ।

आइतबार १ घण्टा धर्ना बसिएको र सोमबारदेखि क्रमशः एक एक घण्टा थप हुँदै जाने धर्नामा बसेका व्यवसायीहरूले बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise