२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सिटिजन्सद्वारा क्रस बैंक टेलर क्यूआर भुक्तानी सुरु

draupadi film
मध्यान्ह
२०८२ वैशाख ७ गते २०:४२
सिटिजन्सद्वारा क्रस बैंक टेलर क्यूआर भुक्तानी सुरु

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले क्रस बैंक टेलर क्यूआर भुक्तानी सुरु गरेको छ । बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा गरिएको हो । साथै, बैंकले विशेष फ्रील्यान्सर सेभिङ अकाउन्टसमेत सुरु गरेको छ ।

क्रस बैंक टेलर क्यूआर प्रणालीमार्फत् अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको शाखाबाट आफ्नो बैंकको मोबाइल एप प्रयोग गरी नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई थप द्रुत र सुरक्षित बनाउने जनाइएको छ । त्यस्तै, बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, मोबाइल बैंकिङ एपमार्फत् ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । सो सेवाबाट ग्राहकहरूले अफलाइनमै ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ‘सेभ लोकल, अर्न ग्लोबल’ नारासहित फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ । यस खाताबाट ग्राहकहरूले नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा खाता खोल्न सक्नेछन् । साथै, पहिलो वर्षमा स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म, दुर्घटना मृत्यु बीमा  ३ लाख रुपैयाँसम्म र निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा नौ सय २१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । साथै, नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा ३३ शाखाबाट नौ सय १३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise