२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

आइएमई लाइफको सद्भावना दूतमा रोका

draupadi film
मध्यान्ह
२०८२ वैशाख ७ गते २०:४५
आइएमई लाइफको सद्भावना दूतमा रोका

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशिला रोकालाई कम्पनीको सद्भावना दूतको रूपमा नियुक्त गरेको छ । कम्पनीको उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा कम्पनीले रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर २०२५ घोषणा गरेको हो ।

रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरू मध्येबाट उत्कृष्ट व्यवसाय गरि ‘सरल सवाधिक जीवन बीमा’ योजना को सद्भावनादूत हुन सफल भएकी हुन् । कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरूलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।

ADV

सम्बन्धित खबर

Advertise