२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

नगरपालिकाको गेट अगाडि अर्धनग्न अनशन

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख ७ गते २२:४८
Shares
नगरपालिकाको गेट अगाडि अर्धनग्न अनशन

रौतहट : रौतहट परोहा नगरपालिकाको कार्यालय गेट अगाडि वडा नं. ८ नरकटिया टोलका स्थानीय तथा जनमत पार्टीका नगर संयोजक मो. जफिर आलमले अर्धनग्न भएर अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।

ncell

आलमले योजना शाखामा व्यापक अनियमितता, भ्रष्टाचार, दलाली प्रवृत्ति र सर्वसाधारणलाई योजनाबाट बञ्चित गराउने काम भएको आरोप लगाउँदै अनशन सुरु गरेका हुन् ।

उनले विशेष गरी योजना प्रमुख अबदुरब अन्सारीमाथि गम्भीर आरोप लगाउँदै उक्त पदमा बसेका व्यक्तिका कारण नागरिकहरू अन्यायमा परिरहेको बताएका छन् ।

‘न्याय नपाएसम्म मैले यो अनशन जारी राख्नेछु,’ अनशन सुरु गर्दाको पहिलो दिन आलमले भने, ‘जनताको करको पैसाले चल्ने कार्यालय जनताको काममा नलागेर केही सीमित व्यक्तिको स्वार्थमा चल्न थालेपछि अन्ततः यो चरम रूपको विरोध गर्न बाध्य भएँ ।’

स्थानीयबासीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सामाजिक अभियन्ताहरूको पनि घटनामा ध्यान खिचिएको हो । धेरैले आलमको साहसको प्रशंसा गरेका छन् भने केहीले यस्तो चरम शैलीको विरोध विधि अनुचित भएको टिप्पणी गरेका छन् । 

नगरपालिका प्रशासन भन्ने हालसम्म मौन देखिएको छ । कुनैपनि अधिकारीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । यद्यपि, केही स्रोतका अनुसार नगर प्रमुख र सरोकारवालाबीच आन्तरिक छलफल भइरहेको छ ।

जनमत पार्टीका स्थानीय नेताहरूले नगरपालिका प्रशासनलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि आलमका मागहरूलाई सम्बोधन नगरिएमा आन्दोलनलाई थप उग्र बनाइनेछ ।’

सम्बन्धित खबर