ललन कुमार चौरसिया/मध्यान्ह
रौतहट : रौतहट जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले सहकारीको बिकाश समृद्धिको अधार रहेको बताएका छन् । गत आइतवार गौरमा आयोजित सनराइज बित्तीय कारोवार गर्ने सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख गुप्ताले सो कुरा बताएका हुन् ।
सहकारीको अबधारणा नेपाल जस्तो बिकाशाशील देशको लागि अति उपयोगी रहेको बताउदै मेयर गुप्ताले सहकारीको प्रयासमा गरिबी निवारण गर्न सकिने र समृद्ध नेपालको परिकल्पना पुरा हुन् सक्ने बताए । गौर नगरपालिकाले सहकारीलाई प्रबर्द्धन गर्ने नीति लिएको जानकारी दिंगै मेयर गुप्ताले प्रत्येक सहकारी संस्थाहरुको बिकाश र प्रगतिको लागि बचनबद्ध रहेको बताए ।
सबै निजी क्षेत्रलाई सामाजिक अभिभारा समेत पुरा गर्न आग्रह गर्दै उनले सहकारी लगायात सबै निजी क्षेत्रले मुनाफाको न्यूनतम भाग पनि सामाजिक क्षेत्रमा लगाए सामाजिक परिवर्तनमा टेवा पुग्ने उल्लेख गरे । उनले भने, ‘सडकमा नाला बनाउनु पर्दैन, त्यो सबै नगरपालिकाले गर्छ तर कमाइको केहि हिस्सा सामाजिक काममा खर्च गर्दा यसले संस्थाकै फाइदा हुनेछ । सहकारी आम नागरिकको पुजी जम्मा हुने थलो भएकोले सो को सुरक्षाको पनि ग्यारेन्टी आवस्यक छ । नगरपालिकाले ऐन कानुनको आधारमा सबै सहकारी संस्थाको अनुगमन गर्ने नै छ । नियम बिपरितको गतिबिधि संचालन भएको फेला परेमा कारवाही समेत गरिनेछ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख किरण ठाकुरले सहकारी बडो पवित्र संस्था रहेको बताइन् । सहकारी आफैले आफ्नो गरिमा कायमै राख्नु पर्नेमा जोड दिंदै उपप्रमुख ठाकुरले गाउँगाउँमा सहकारी, घर घरमा रोजगारी भन्ने नारा पुरा गर्नु पर्ने अभिभारा सबैको काँधमा आएको बताइन् । साधारण सभाको खुल्ला सत्रकाबीच सनराइज बित्तीय कारोवार गर्ने सहकारी संस्थाका अध्यक्ष असरफ अलीले संस्थाका बार्षिक प्रतिवेदन र सचिव मौजेलाल साहले आर्थिक बर्ष २०७६÷०७७ को संस्थाको नाफा नोक्सान विवरण प्रस्तुत गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies